एभरेष्ट महिला भलिबल लिग: ललितपुर क्विन्सको लगातार दोस्रो जित
धरान | भदौ २१, २०८२
पोखरा: साविक उपविजेता ललितपुर क्विन्सले वात्सल्या एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा लगातार दोस्रो जित हात पारेको छ ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको भ्याली डर्बी खेलमा ललितपरले काठमाडौं स्पाईकर्सलाई सोझो सेटमा हरायो । लगातार दुई खेल जित्दै ६ अंक जोडेको ललितपुर शीर्ष स्थानमा छ ।
ललितपुरले काठमाडौंलाई २५–१९, २५–२३, २५–२१ ले पराजित गरेको हो । ललितपुरले पहिलो खेलमा पनि मधेश युनाईटेडलाई सोझो सेटमा पराजित गरेको थियो ।
आजको दोस्रो खेल कर्णाली यशविस र लुम्बिनी लाभाजबिच हुनेछ । आजको तेस्रो तथा अन्तिम खेल पोखरा निन्जाज र मधेश युनाइटेडबिच हुनेछ
गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन । नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

